दफा २२६
मुद्दा सकार गर्ने

(१) कुनै अदालतमा मुद्दाको कारबाही चलिरहेको अवस्थामा त्यस्तो मुद्दाको फैसला नहुँदै मुद्दाको कुनै पक्षकोमृत्युभएमा वा दफा २२५ को उपदफा (१) को खण्ड (च) को अवधिसम्म पनि होस ठेगानमा नरही वा निज वेपत्ता भै अदालतबाटतोकिएकोम्याद वा तारिख गुज्रेमा त्यसरी मृत्यु भएको, होस ठेगानमा नरहेको वा वेपत्ता भएको मितिले बाटोको म्याद बाहेकएक्काईस दिनभित्र म्याद वा तारिख थमाई मुद्दा सकार गरी पाउन निजको संरक्षक वा निज नभएमा नजिकको हकवालालेअदालतसमक्ष निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम परेको निवेदन जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा अदालतले त्यस्तो मुद्दा सकार गर्न दिईगुज्रेको म्याद वा तारिख थामी दिन सक्नेछ ।